काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठ सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्रहीसँग जग्गाको क्षेत्रफल मिलाइदिन्छु भन्दै घुस लिन खोजेको भन्ने सूचना एवम् उजुरीका आधारमा उनीहरुलाई ४० हजारसहित ललितपुर महानगरपालिका वडा नं १२, लगनखेल स्थित बसपार्क नजिकबाट पक्राउ परेका हुन् ।
मंगलवार उनीहरुलाई पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।
साथै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता अधिकारीले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया