बाइडेन र ह्यारिसले आज शपथ लिँदै

काठमाडौं । अबको केहि घण्टामा अमेरिकामा नयाँ सरकारको नेतृत्व हुनेछ । अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा जो बाइडेनले शपथ लिँदैछन् । कमला ह्यारिस भने ४९ औँ उपराष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछिन् ।

अमेरिकाको राजधानी वाशिङटनस्थित संसद भवनमा शपथ ग्रहणको कार्यक्रम रहेको छ ।यो बीचमा कुनै हिंसा नहोस् भन्नका लागि २५ हजार सैनिक तैनाथ गरिएको छ ।

शपथ ग्रहण बिहान ११ः३० हुनेछ, अर्थात् नेपाली समयानुसार राती १०ः४५ बजे हुनेछ । परम्पराका अनुसार सर्वोच्च अदालतका चीफ जस्टिस जोन रोबर्टस ले बाइडेनलाई र सर्वोच्च अदालतकी जज सोनिया सोटेमेयरले उपराष्ट्रपति कमला ह्यारिसलाई बाइबलमा हात राख्न लगाएर शपथ खुवाउँदैछिन् ।

जसपछि मात्रै बाइडेनले देशको सम्बोधन गर्नेछन् । तर निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने बाइडेनको शपथ ग्रहण कार्यक्रममा उपस्थित नहुने भएका छन् ।

निवर्तमान उपराष्ट्रपति माइक पेन्स भने कार्यक्रममा सहभागी बन्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?