जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका-१० सुकुना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ३२ वर्षीया सीता पराजुलीको मृत्यु भएको छ ।

जंगलमा घाँस दाउरा गर्न गएकी पराजुलीलाई मंगलवार बिहान सवा १० जंगली हात्तीले आक्रमण गरी घाईते बनाएको थियो ।

घाईतेलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?