ट्रम्पले बाइडेनलाई दिए सफल कार्यकालको शुभकामना

काठमाडौं । अमेरिकामा जो बाइडेन आज राष्ट्रपति पदको शपथ लिँदैछन् ।

उनले आज नेपाली समयानुसार राती १०ः४५ बजे शपथ लिँदैछन् । यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भव्य कार्यक्रममा बाइडेनलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

उनले बाइडेनलाई पहिलो पटक राष्ट्रपति बनेकोमा शुभकामना दिएका हुन् ।

ट्रम्पले भने, ‘आज हामीलाई नयाँ सरकार मिल्नेछ, हामी प्रार्थना गर्दछौँ कि, अमेरिकालाई समृद्ध र सुरक्षित राख्नको लागि बाइडेनलाई सफलता मिलोस् ।’

उनले नयाँ सरकारको ठाउँमा अर्को प्रशासन शब्दको प्रयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?