लेवरकुसेनसँग डर्टमण्ड स्तब्ध !

लोकपथ
0
Shares

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ । मंगलवार राति भएको खेलमा डर्टमण्ड बायर लेवरकुसेनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

खेलको १४ औं मिनेटमा मोउसाले गोल गर्दै लेवरकुसेनलाई अग्रता दिलाएका थिए । तर, ६७ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई १-१ गोलको बराबरीमा ल्याए ।

Image

त्यसपछि खेलको ८० औं मिनेटमा फ्लोरिनले गोल गर्दै लेवरकुसेनलाई २-१ को जित दिलाए ।

जितसँगै लेवरकुसेनले दोस्रो स्थानमा उक्लिएको छ । लेवरकुसेनले ३२ अंक जोडेको छ ।

डर्टमण्ड २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?