जितसँगै लेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

लोकपथ
0
Shares

काठमाडौं । जितसँगै लेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलवार राति भएको खेलमा चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै लेष्टर शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको छैटौं मिनेटमा विलफ्रेडले गोल गर्दै लेष्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४१ औं मिनेटमा माडिसनले गोल गर्दै लेष्टरलाई २-० को जित दिलाए ।

Image

बल पोजिसनमा पकड जमाएपनि चेल्सीले लेष्टरविरुद्ध गोल गर्न सकेन । उसका अग्रपंक्तिका खेलाडी गोल गर्न पटक पटक चुकेका थिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको लेष्टरले १९ खेलमा ३८ अंक जोडेको छ । लेष्टर दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड भन्दा १ अंकले अघि रहेको छ ।

Image

चेल्सी २९ अंक जोदेत आठौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?