संसद विघटनविरुद्ध जसपाले आज देशभर जनसभा गर्ने

काठमाडौं । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले बुधवार (आज) देशभर जनसभा गर्ने भएको छ ।

संसद विघटनविरुद्ध निरन्तर आन्दोलन गरिरहेको जसपाले आज देशभर प्रदर्शन साथै जनसभा गर्न लागेको हो ।

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सबैलाई जनसभामा उपस्थित हुन आग्रह गरेका छन् ।

साथै आफूले कैलालीको टिकापुरमा हुने जनसभालाई सम्बोधन गर्ने डा भट्टराईले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?