कमलपोखरी पुनर्निर्माणका क्रममा भइरहेको कमजोरीप्रति गगन थापाको आपत्ति, गरे सरोकारवालासँग छलफल

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कमलपोखरी पुनर्निर्माणको क्रममा भइरहेको कमजोरीका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरेका छन् ।

मंगलवार (हिजो) कमलपोखरी संरक्षण एवं जनहित समाज, कमलपोखरी स्पोर्टस क्लब र स्थानीय बासिन्दाले पोखरी निरीक्षण र निर्माण व्यवसायीसँग छलफल गरेका हुन् ।

नेता थापााले कमलपोखरी निर्माण गर्दा ऐतिहासिक र पर्यावरणीय पक्षलाई ध्यान दिन पुरातत्त्व विभाग,स्थानीय सरोकारवाला र संरक्षण अभियन्ताले महानगरपालिकालाई ध्यानाकर्षण गराइसकेको बताएका छन् । साथै काठमाडौं महानगरपालिकाले कमलपोखरी पुनर्निमाण गर्दा ऐतिहासिक र पर्यावरणीय पक्षलाई ध्यान पुर्याउन अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

“कमलपोखरी निर्माण गर्दा ऐतिहासिक र पर्यावरणीय पक्षलाई ध्यान दिन पुरातत्त्व विभाग,स्थानीय सरोकारवाला र संरक्षण अभियन्ताले महानगरपालिकालाई ध्यानाकर्षण गराइसकेको सन्दर्भमा महानगरपालिकाले अविलम्ब सबै पक्षसँग एक साथ छलफल गरी पोखरीको ऐतिहासिक र पर्यावरणीय पक्षलाई नबिगारी सौन्दर्यीकरणको कामलाई अघि बढाउन विषयमा समझदारी कायम गराउन पहल गर्ने ।” उनले भने ।

काठमाडौं क्षेत्र नं ४ का सांसद समेत रहेका थापाले आफ्नो क्षेत्रमा पर्ने कमलपोखरी पुनर्निमाण गर्दा भइरहेको कमि कमजोरी नहटदासम्म पुननिर्माणको कामलाई रोक्न समेत आग्रह गरेका छन् । साथै मंगलवार नै निर्माण व्यवसायीहरुलाई समेत जानकारी गराएको बताएका छन् ।

उनले भने, “यो सुनिश्चित नहुदासम्म हाल भइरहेको निर्माणको काम तत्काल स्थगन गर्नुपर्ने ।यस विषयमा हिजै हामीले निर्माण व्यवसायीलाई जानकारी गराइसकेका छौं।”

साथै काठमाडौं महानगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरी तत्काल समस्या समाधानतिर जानेमा आफू विश्वस्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?