प्रदेश नं १ र बागमती प्रदेशको हिउँदे अधिवेशन आजदेखि शुरु

हेटौँडा । प्रदेश नं  १ र वाग्मती प्रदेशको प्रदेशसभाको हिउँदे अधिवेशन आज बुधवारदेखि शुरु हुँदैछ ।

प्रदेश नं १ को प्रदेशसभा बैठक दिउँसो २ बजे र बागमती प्रदेशसभाको बैठक दिउँसो ३ बजे शुरु हुनेछ।

वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठक ६ महिनापछि बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । त्यसको परिणामस्वरुप नेकपाको प्रचण्ड–नेपाल समूहले ओली समूहका मुख्यमन्त्री रहेको प्रदेश १ र वाग्मतीमा अविश्वाशको प्रस्ताव दर्ता गरेको छ ।

यद्यपी दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध परेका अविश्वासको प्रस्ताव आजको प्रदेशसभा बैठकमा पेश नहुने भएका छन्।

प्रदेशसभाको कार्यसूची तय गर्न हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्तावसम्बन्धी कार्यविधि निर्माण गरेर मात्रै अघि बढ्ने गरी निर्णय गरेको छ। बैठकले अविश्वास प्रस्तावबारेको मत विभाजनका लागि कार्यविधि बनाउन ‘अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति’ गठन गर्ने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?