महिला लिग आजबाट, उद्घाटन खेलमा आर्मी र पुलिस भिड्ने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा आज दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।
खेल दशरथ रंगशालामा दिउँसो २ बजे शुरु हुने आयोजक संस्था एन्फाले जनाएको छ ।

प्रतियोगितामा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब सहभागिता जनाउने छन् ।

प्रतियोगिताको उद्घाटन र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने बाँकी खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछ।

प्रतियोगितमा पहिलोदेखि तेस्रो स्थानसम्म हासिल गर्ने टिमलाई क्रमश १५ लाख, ८ लाख र ५ लाख पुरस्कारका साथै अन्य विधाहरुमा पनि पुरस्कार दिने एन्फाले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?