धनुषाका प्रधानाध्यापकहरूले एक करोड ८८ लाख लगे तर हिसाव बुझाएनन्

काठमाडौँ- धनुषाका सामुदायिक विद्यालयका प्रधानाध्यापकले राज्यबाट पाउदैँ आएको रकम हिनामिना गरेको पाइएको छ ।

नमूना विद्यालय बनाउने नाममा प्रधानाध्यापकले रकम लगेतापनि काम नै नगरेपछि रकम अनियमितता गरेको फेला परेको हो ।

नमुना विद्यालय बनाउनका लागि शिक्षा विकास तथा समन्वय इकाई धनुषाले जिल्लाका ३० वटा विद्यालयलाई लाइब्रेरी व्यवस्थापन एवं स्थापनाका लागि अनुदान स्वरुप विद्यालयको खातामा पठाएको १ करोड ८८ लाख ५० हजार रुपैयाँ काम नै नगरि अनियमितता गरिएको तथ्यांकबाट देखिन्छ । शिक्षा विकास तथा समन्वय इकाई धनुषाले  आर्थिक वर्ष २०७४/०७५ मा लाइब्रेरी व्यवस्थापनका लागि किताब खरिद गर्न अनुदान स्वरुप विद्यालयको खातामा प्रतिविद्यालय ६ लाख ५० हजार रुपैयाँको दरले रकम पठाएको हो।

विद्यालयहरुले उक्त रकम खर्च गरे वापतको बिल भर्पाई तथा दाखिला प्रतिवेदनहरु अहिलेसम्म पनि कार्यालयमा नबुझाई पेश्की फर्छयौट नगराएपछि अनियमितता भएको खुलेको हो ।

शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख इश्वरी प्रसाद ज्ञवालीका अनुसार धनौजी गाउँपालिका स्थित बहुअर्वा माध्यमिक विद्यालयले मात्रै पेश्की फर्छयौट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?