भारतले अर्को साता नेपाललाई भ्याक्सिन उपलब्ध गराउने

काठमाडौँ । भारतले आफ्ना छिमेकी राष्ट्रहरूलाई भोलिबाट चरणगत रूपमा कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराउने  भएको छ । भारतीय विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भारतमा विकसित खोप भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, म्यानमार र सेचेलेसलगायत राष्ट्रहरूलाई उपलब्ध गराउने जनाएको हो ।

यसबाहेक श्रीलङ्का, अफगानिस्तान र मरिससका हकमा भने ती देशहरूको स्वीकृतिको प्रक्रियामा आवश्यक कार्य भइरहेको विज्ञप्तिमा जनाइएको छ । हाल भारतमा स्वास्थ्यकर्मी, फ्रन्टलाइनमा काम गर्नेहरू तथा जोखिममा रहेकालाई खोप दिने कार्य भइरहेको छ । भारतमा खोपको मागलाई धान्ने गरी भण्डारणमा राखिने तथा भारतले पहिले प्रतिबद्धता जनाएबमोजिम बाहिरी देशहरूलाई पनि खोप उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ ।

भारतले खोप उपलब्ध गराउने भनेका देशहरूमा राष्ट्रिय तथा राज्य तहमा हाल खोपसम्बन्धी प्रशिक्षण कार्य भइरहेको जनाइएको छ । केही दिनदेखि मात्रै भारतमा त्यही निर्माण भएको कोभ्याक्सिन र कोभिसिल्ड भ्याक्सिन लगाउने कार्य सुरु भएको थियो।

माघ २ गते औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?