भारतलाई मैले धोका दिएको छैन, ओलीको जस्तो नक्कली राष्ट्रवाद कसैको छैन- प्रचण्ड

काठमाडौँ-  नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी मुलुकलाई आफूले धोका नदिएको बताएका छन् । एक टेलिभिजनसँगको कुराकानीमा ‘भारतलाई धोका दिएको भन्ने आरोप छ नि’ भन्ने प्रश्नको जवाफ दिंदै प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले आफूले कुनैपनि लोकतान्त्रिक मुलुकलाई धोका नदिएको बताएका छन् । यस्तै एक प्रसङ्गमा उनले प्रधानमन्त्री ओली जस्तो नक्कली राष्ट्रबादी कोही नभएको टिप्पणी गरेका छन् ।

यस्तै प्रचण्डले प्रधानमन्त्री ओलीको एक मात्रै लक्ष्य आफूलाई कसरी सिध्याउने भन्ने रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?