पाटन अस्पताललाई ललितपुर महानगरको एक करोड सहयोग

ललितपुर । ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड प्रदान गरेको छ ।

ललितपुर महानगरपालिकाद्धारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौता पत्रमा हस्ताक्षर रहेका थिए ।

कार्यक्रममा ललितपुरका प्रमुख महर्जनले कोभिडका बेला पाटन अस्पतालले उत्कृष्ट काम गरेको बताउँदै त्यसको सम्मान गर्न सहयोग गरेको बताए । नगरप्रमुख महर्जनले पाटन अस्पताल महानगरको आफ्नै अस्पताल भएको बताउँदै घनिभूत रुपमा सहकार्य गर्न आत्तुर भएको धारणा राखे ।

महानगरका उपप्रमुख गीता सत्यालले पाटन अस्पताल महानगरपालिकाको गहना अस्पताल भएको बताउँदै मुलुकका उच्चदेखि निम्न वर्गले सर्वसुलभ ढंगबाट उपचार गर्न सक्ने बताइन् । उनले अस्पताललाई महानगरले गरेको यो सहयोग साधारण भएको बताउँदै सहयोग गरेर एउटा इँटा थपेको स्पष्ट पारिन् ।

कार्यक्रममा अस्पतालका निर्देशक डा. रवि शाक्यले पाटन अस्पतालले मुख्यगरी कोभिड बेला गरेको कामलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको बताउँदै यसले हौसला मिलेको बताए ।

पाटन अस्पताल सिमिति स्रोत साधानमा चलेको अस्पताल भएको बताउँदै कोभिडका संक्रमित धेरै आएका बेला दश बर्ष पुरानो अक्सिजन प्लान्ट बिग्रेकाले अक्सिजन सिलिण्डर खरिद गर्नुपरेको स्मरण गरे ।

अस्पतालका मेडिकल डाइरेक्टर इम्रान अन्सारी, प्रशासकीय अधिकृत तीर्थराज भूजेल, लिलाराज भुजेलको त्यहाँ उपस्थिति थियो । साथै कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विण्णुप्रसाद कोइराला, २९ वटै वडाका वडा अध्यक्षहरु, महाशाखाप्रमुख, सल्लाहकारहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?