‘ओलीको सरकार भंग भएको हो’- प्रचण्ड

काठमाडौँ- नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा विघटन भएको नभई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भंग भएको टिप्पणी गरेका छन् ।

एक टेलिभिजन कार्यक्रमसँग कुराकानी गर्दै दाहालले यस्तो बताएका हुन् । उनले दुनियाँको कुनै पनि प्रणालीले प्रधानमन्त्रीलाई जुन बेला मन लाग्यो त्यहिँ गर्ने छुट नभएको बताए ।  ओलीले जालभल गरेर संसद भंग गरेको भन्दै उनले सांसद चुप लागेर बस्न नसक्ने बताए ।

सर्वोच्च अदालतलाई कुनै दवाव नदिएको उल्लेख गर्दै उनले सर्वोच्चले जनताको भावना विपरित नजाने आशा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?