रुकुम पश्चिममा अनिश्चितकालीन निषेधाज्ञा

रुकुम(पश्चिम) । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ स्थित राडी बजारमा नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताबीच झडप भएको छ ।

झडपका कारण जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले मंगलबार ५ बजदेखि अर्को सूचना जारी नभएसम्मका लागि राडी बजारमा निषेधाज्ञा लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले चार किल्ला तोकेर निषेधाज्ञा आदेश जारी गरेका छन् । पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाइएको हो ।

मंगलबार दिनभर राजनैतिक पूर्वरिसईवीको कारण दुई पक्षबीच भएको झडपमा सोही वडाका अध्यक्ष तारक बहादुर शाही समेत ४ जना घाइते भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?