आइपीओ आवेदनमा रेकर्ड ब्रेक, इन्फ्रास्ट्रकचरको आइपीओ मागे जति नपाउने पक्का

काठमाडौँ– नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन परेको छ ।

कम्पनीको आइपीओमा  आज मंगलवार साँझ ६ बजेसम्ममा १५ लाख २९ हजार ६ सय ६० आवेदकबाट १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन परेको सिडीएससीले जनाएको छ ।

कुनै पनि आइपीओमा १५ लाख बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो पटक हो । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइपीओको अन्तिम डाटा बुधबार मात्र आउने जनाएको छ । यस अघि चन्द्रागिरी हिल्सको आईपिओमा साढे १२ लाखले आवेदन दिएका थिए ।

माग भन्दा बढीको आवेदन परेसंगै सबै आवेदकले माग अनुसारकै शेयर भने नपाउने पक्का भएको छ । यद्यपि सबैले शेयर भने पाउने छन् ।

बैंकले गत शुक्रवारदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको थियो । बैंकले  एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आइपीओ निष्काशन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?