२०७७, ६ माघ मंगलवार १८:०९

ललितपुरमा सहकारी फोडेर २ लाख चोरी


प्रकाशित मिति : २०७७, ६ माघ मंगलवार १८:०९

काठमाडौं – ललितपुर महानगरपालिका – १५ खुमलटारस्थित आकर्षक उपभोक्ता सहकारी संस्थामा चोरी भएको छ । सहकारीको ताला फुटाएर विभिन्न धनमालसहित करिब २ लाख रुपैयाँ चोरी भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार सो संस्थाबाट नगद १ लाख ९८ हजार रूपैयाँ, एनआईसी बैकको खाली चेक, सञ्चय कोषसम्बन्धी कागजातहरूलगायत विभिन्न सामानहरू गएराति चोरी भएको हो ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस