बाइडेनको शपथका लागि चिटिक्कै पारियो क्यापिटल भवन (फोटोमा हेर्नुहोस्)

लोकपथ
0
Shares

काठमाडौं । २० जनवरी अर्थात् भोलि अमेरिकामा नयाँ नेतृत्वले सत्ता सम्हाल्ने छ । भोलि जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा सत्ता शपथ लिँदैछन्, भने डोनाल्ड ट्रम्पको कार्यकाल समाप्त हुँदैछ ।

उनको तयारीका लागि वासिङट्नको क्यापिटल भवन सजाइएको छ। अमेरिकी झन्डा क्यापिटल भवन वरिपरि फहराइएको छ भने सपथको रिहर्सल पनि गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने शपथ ग्रहण कार्यक्रममा नजाने बताइएको छ । उनले लोकतान्त्रिक परम्परा तोड्न सक्ने बताइएको छ । तर उपराष्ट्रपति माइक पेन्स भने समारोहमा सहभागी बन्ने बताइएको छ ।

तस्विर : एपी/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?