बाबुको हत्या आरोप

सल्यान, १७ असोज ।बन्गाड कुपिण्डे नगरपालिका– ८ ज्यामिरेका ३० वर्षीय नन्द एरीलाई आफ्ना बाबु ७७ वर्षीय कमारोलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोप लगाइएको छ ।सोमबार बेलुकी काम नगरेको भनी आफूलाई गाली गरेपछि रिसको आवेगमा नन्दले बाबुको टाउकामा चिर्पट प्रहार गरेकामा गम्भीर घाइते भएकाले उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अभियुक्त नन्दको मानसिक सन्तुलन पनि ठीक नभएको स्थानीयवासीको भनाइ छ । नन्दलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भरतबहादुर विकले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?