सकियो ट्रम्पको कानूनी कवच : क्रिमिनल केसको तयारी

काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपतिको शपथ भोलि ४६ औँ राष्ट्रपतिको रुपमा जो बाइडेनले लिने भएका छन् । नेपाली समयानुसार भोलि राती १०ः४५ बजेबाट अमेरिकामा नयाँ नेतृत्वको सरकार बन्नेछ ।

राष्ट्रपति ट्रम्प नेपाली समयानुसार साँझ ६ः४५ बजे बिदा लिनेछन् ।

यसैबीच उनी राष्ट्रपतिको पदबाट मुक्त हुने बित्तिकै उनीविरुद्ध आपराधिक मुद्दा चलाइने बताइएको छ । उनी राष्ट्पतिबाट हटेलगत्तै कानूनी कवच सकिनेछन् । किनभने अमेरिकाको कानूनमा राष्ट्रपति पदमा रहँदा कुनैपनि मुद्दा हाल्न पाईदैन ।

ट्रम्पलाई अब संघीय र राज्यबाट आपराधिक आरोपको साम्ना गर्नुपर्नेछ ।

उनीविरुद्ध वित्तिय क्षेत्रमा धोका दिएको एक दर्जन भन्दा धेरै आरोप छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?