‘मौनता’ सम्बन्धी मन छुने भनाईहरु हेर्नुहोस्

लोकपथ
39
Shares

काठमाडौं – हामीमध्ये धेरै बोलक्कड छौँ । केहि मानिस नबोली काम गर्न रुचाउँछन् । यदी मनमा अरुप्रति रिस राग ईष्र्या डाह नराखि मौन रुपमा काम गर्ने मानिस सफलताको शिखरमा चढ्छन् । तर के तपाईलाई थाहा छ ? नबोली गम्भीर रुपमा प्रस्तुत हुने मानिसको सफलताको मन्त्र ? अर्थात् मौनता सम्बन्धि केहि प्रेरक भनाई यहाँ प्रस्तुत गरिन्छ ।

मौनता सर्वोत्तम भाषण हो । यदि बोल्नै पर्‍यो भने कमभन्दा कम बोल । एक शब्दबाट काम चल्छ भने दुइटा शब्द नबोल ।
महात्मा गान्धी

मौनता एउटा त्यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्दछ । विश्व बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल परिवार बदल, अघि आफैलाई बदल, आफूलाई बदल्नका लागि आफ्नो सोच बदल । लक्ष्य जती नै उच्च भए पनि सुरूवात आफैँबाट गर । अज्ञात

वाचालता विनाशक छ, मौनतामा बढी गुण छ ।
पञ्चतन्त्र

मौनताको एक अर्थ चुपचाप स्विकृति दिनु पनि हो ।

जहाँ नदी गहिरो हुन्छ, त्यहाँ जलप्रवाह शान्त र गम्भीर हुन्छ ।
शेक्सपियर

मौनताको रुखमा शान्तिको फल फल्छ ।
अरबी उखान

मौनता ज्ञानीहरूको सभामा अज्ञानीहरूको गहना हो ।
भर्तृहरि

मौनताबाट कलह शान्त हुन्छ ।
महात्मा गान्धी

मौनता र एकान्त आत्माको सर्वोत्तम मित्र हुन् ।
विनोवा भावे

कमिलाले जस्तो महान् उपदेश अरु कसैले दिँदैन तर ऊ सधैँ मौन रहन्छ ।
फ्रयाङ्कलिन

तिरस्कार देखाउने सबैभन्दा उत्तम कला हो मौनता ।
शेक्सपियर

क्रोधलाई जित्न मौनता जति सहायक हुन्छ अरु कुनै हुँदैन ।
महात्मा गान्धी

मौनता निद्राजस्तै हो । यसले ज्ञानमा नयाँ स्फूर्ति पैदा गरिदिन्छ ।
बेकन

मौनताको भाषा बोलीको भाषाभन्दा ज्यादै बलवान हन्छ ।
शिवानन्द

धेरै जिब्रो चलाउनेले डुङ्गा डुबाउँछ ।
अज्ञात

भुक्ने कुकुरले टोक्दैन ।
नेपाली उखान

बोली केही समयको हो जब कि मौनता अनन्तका लागि ।
कार्लाइल

जब तिमी नेतृत्व गरिरहेका हुन्छौ केही नबोल ।
थोमस डेभी

मौन मन आध्यात्मिक मन हो र ईश्वरको मौनता संसारको मौनता हो ।
कृष्णमूर्ति

के मानिसहरू तिमीलाई विश्वास गरुन भन्ने चाहन्छौ ? चाहन्छौ भने मौन रहू ।
पास्कल

बेलामा मौन रहनु बठयाइँ हो, कुनै पनि बोलीभन्दा यो बढी प्रभावपूर्ण हुन्छ ।
प्लुटार्क

पूर्ण मौनताले पागलपनको यात्रा सुरु हुन्छ । यो मृत्युको छाया हो ।
रुसो

आपत्तिको क्षणमा बुद्धिमान मानिस मौन रहन्छन् ।
जोन सेल्डेन

ईश्वर मौनताको साथी हो । रुख, फल, घाँसहरू मौनतामा नै हुर्कन्छन् । आकाशका सूर्य, तारा र जुन हेर कसरी तिनीहरू चुपचाप घुमिरन्छन् ।
मदर टेरेसा

जहाँ बोलेर केही हुँदैन, त्यहा चुप लाग ।
ल्युडिका बिटगेस्न्टिन

म प्रायःआफ्नो भनाइलाई बिर्सन्छु तर मौनतालाई कहिल्यै बिर्सन्नँ ।
जेनोक्रेट्स

हाम्रो मस्तिष्कनै सबैथोक हो ।हामी जे सोच्दछौ त्यही बन्दछौ । सकारात्मक सोचौ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?