नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप : वडाध्यक्ष घाइते, प्रहरीद्वारा १७ राउन्ड हवाई फायर

लोकपथ
0
Shares

काठमाडौं । रुकुम पश्चिममा प्रहरीले हवाई फायर गरेको छ । नेकपाको प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले २ राउन्ड एसएलआर र ७ राउण्ड थ्री नट थ्री राइफलबाट गरी ९ राउन्ड हवाई फायर गरेको हो ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा सोमवार बेलुकीदेखि नेकपाको प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भइरहेको छ ।

बिहानदेखि पटकपटक झडप भएपछि प्रहरीले राउन्ड एसएलआर र थ्री नट थ्री राइफलबाट गरी १७ राउन्ड हवाई फायर गरेको छ भने १ राउन्ड अश्रु ग्यास प्रहार गरेको रुकुम पश्चिमका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठ लोकपथलाई जानकारी दिए ।

स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको उनले बताए ।

सोमवार बेलुकी ८ बजेबाट दुवै पक्षका कार्यकर्ताबीच विवाद भएपछि विवाद समाधान गरिए पनि मंगलवार बिहानैदेखि पुनःझडप भएको डीएसपी श्रेष्ठले बताए ।

मंगलबार बिहानबाट भने अवस्था तानावग्रस्त बनेको हो । दुवै पक्ष छलफलका लागि इलाका प्रहरी कार्यालयमा पुगेका बेला झडपको अवस्था आएको हो । एक पक्षले अर्को पक्षलाई आक्रमण गरेपछि अर्को पक्षले बजारका मान्छेहरु उठाएर वातावरण थप बिग्रेको उनले बताए ।

अहिले विवादमा झण्डै ३५०० जना रहेका उनले बताए । झडपका क्रममा ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाही घाइते भएको डीएसपी श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?