किसानलाई चिनी उद्योगले भुक्तानी गर्‍यो ५७ करोड ३० लाख, अब कति छ बाँकी ?

काठमाडौं । विभिन्न चिनी उद्योगले किसानहरुलाई उखुको बक्यौता रकम उपलब्ध गराएको छ ।

लामो समयदेखि भुक्तानी माग गर्दै आन्दोलनरत किसानहरुलाई उद्योगहरुले माघ ५ गते सोमवार ५७ करोड ३० लाख बराबरको बक्यौता रकम उपलब्ध गराएको हो । ती उद्योगहरुले अझै किसानहरुलाई ६५ करोड ३१ लाख रुपैयाँ बक्यौता रकम उपलब्ध गराउन बाँकी रहेको छ ।

जसअनुसार श्रीराम सुगर मिलले ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ भने अझै ३५ करोड रुपैयाँ बुझाउन बाँकी रहेको छ । त्यस्तै अन्नपूर्ण चिनि उद्योगले १० करोड ८८ लाख किसानहरुलाई भुक्तानी र १ करोड ७६ लाख खातामा गरी जम्मा १२ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १७ करोड रुपैयाँ अझै बुझाउन बाँकी रहेको छ ।

त्यस्तै इन्दिरा सुगर मिलले १ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको र ४ करोड ७० लाख भुक्तानी गर्न बाँकी रहेको छ । त्यस्तै लुम्बिनी चिनि उद्योगले ५ करोड १६ लाख भुक्तानी गरेको र ३ करोड रोक्का गरेको छ भने अझै ८ करोड १६ लाख भुक्तानी गर्न बाँकी रहेको छ ।

महालक्ष्मी सुगर मिलले २० लाख भुक्तानी गर्न बाँकी रहेको छ ।

चिनी उद्योगीहरुले किसानको उखुको बक्यौता भुक्तानी नदिएपछि लामो समयदेखि किसानहरुले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?