कोरोना भ्याक्सिन लगाउन हतार गरेको भन्दै रिसायो डब्ल्यूएचओ

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा नै व्यप्त छ । यसविरुद्धको खोप बनिसकेको बताएपनि अहिलेसम्म पूर्णरुपमा यसले काम गरिसकेको अवस्था छैन ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना विरुद्धको भ्याक्सिन लगाउन छिटो गरेको बताएको छ । विश्व स्वास्थ्य संगठनले भ्याक्सिनेशनलाई लिएर चिन्ता व्यक्त गरेको हो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधोनम घेब्रेयेससले एक बयानमा कोरोनाको टीका लगाउने होड चलेको र मानिसहरु यसको बेफाइदा नहेरेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

उनले धनी देशमा युवा र स्वस्थ मानिसले गरिब देशका वृद्ध र अस्वस्थ मानिस भन्दा अगाडि भ्याक्सिन लगाउनु सहि नभएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?