गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णालीले हात पार्‍यो पहिलो जित

लोकपथ
0
Shares

काठमाडौं । कर्णाली प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलवार गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णालीले पहिलो जित हात पारेको हो ।

गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्‍यो। कर्णालीको जितमा हिमान्सु शाहीले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै विपिन रावलले ४९ रन जोड्दा राज शाहले ३२ रन बनाए । हेमन्त ओली २९ रनमा आउट भए । गण्डकीका विपिन खत्रीले ४ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ४ रन बनाएको थियो ।

जितसँगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ । कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ । गण्डकीले ३ खेलमा २ अंक जोडेको छ । गण्डकी तालिकाको चौंथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?