घाँसको भारी बोकेर घर फर्किदै गरेकी महिलामाथि गोली प्रहार

लोकपथ
0
Shares

काठमाडौं । रोल्पामा जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी एक महिलामाथि गोली प्रहार भएको छ । रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ बर्षीया बरु पुनमाथि सोमबार बेलुका साढे ७ बजेरित जंगलवाट घाँसको भारी बोकेर घर फर्किने क्रममा गोली प्रहार भएको हो ।

जंगलदेखि बाख्रा चरायर घर घाँसको भारीसहित घर फर्किने क्रममा स्थानीय ३७ वर्षीय हस्तबहादुर पुनले बरुमाथि गोली हानेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

टाउकोमा गोली लागेको बरुको अवस्था गम्भीर रहेको डिएसपी सुबेदीले बताए । घाइतेलाई मंगलवार विहान ४ बजेतिर जिल्ला अस्पताल रेउघाबाट थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका पुनले प्रहरी समक्ष आफूले हरिन ठानेर ती महिलालाई गोली चलाएको दावीसहितको बयान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?