इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

लोकपथ
0
Shares

काठमाडौं । इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमवार भएको मतदानबाट उनले विश्वासको मत कायमै राखेका हुन् ।

मतदानको नतिजा अनुसार तल्लो सदनका कुल सांसदमध्ये ३२१ जनाले प्रधानमन्त्रीको पक्षमा मतदान गरेका थिए भने २५९ जनाको मत विपक्षमा परेको थियो ।

संसद सचिवालयका अधिकारीहरुका अनुसार मतदानका बेलामा २७ जना अनुपस्थित रहेका थिए ।

पूर्व प्रधानमन्त्री म्याट्टिओ रेन्जी नेतृत्वको इटालियन भिभा पार्टीले प्रधानमन्त्री कोन्टेलाई पदमुक्त गर्न अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर उनीहरुको प्रस्ताव असफल भएको छ ।

सरकारले बहुमत गुमाएकाले सरकार संकटमा रहेको विपक्षीहरुले अघिल्लो हप्ता दावी गरेका थिए ।

प्रधानमन्त्री कोन्टेले नयाँ गठबन्धन बनाएर विश्वासको मत बचाउन सफल भएका हुन् ।

पाँच वर्षे कार्यकाल रहेको संसदका लागि गत सन् २०१८ मा आम निर्वाचन भएको थियो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?