प्रधानमन्त्री ओलीको कारण प्रजातन्त्र धरापमा पर्‍यो : डा प्रकाशचन्द्र लोहनी

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीका कारण प्रजातन्त्र धरापमा परेको बताएका छन् ।

जनताले स्थिर सरकारको निमित्त झन्डै दुइ तिहाइ मत नेकपालार्इ दिए पनि नेकपाले त्यसको सदुपयोग गर्न नसकेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले नेकपाभित्रको घर झगडाको कारण जनप्रतिनिधि मुलक संस्थाको विघटन गरेको बताउँदै नेपालको संविधान ले प्रम ओलीलाई संसद विघटन गर्ने अधिकार कतै नदिएको बताए ।

संसद विघटन कार्यको वैधानिकताको विषयमा अदालतले गर्ने फैसला ऐतिहासिक हुने बताउँदै उनले कानूनी राज्य प्रति सबैको अवस्था रहेको बताए ।

उनले राजनैनिक तथा कुटनैतिक सबै रुपमा सरकार असफल भैसकेको कारण वर्तमान सरकारको कारण अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि समेत धमिलिएको बताए।

प्रम ओलीको सर्वसत्तावादी चिन्तनको कारण प्रजातन्त्र धरपमा परेको र आफूहरु प्रजातन्त्र को संरक्षणको निमित्त राजसंस्था स्थापनार्थ आन्दोलनरत रहेको बताए ।

फरक प्रसंगमा उनले राजसंस्था र हिन्दूराष्ट्र राप्रपाको मुल सिद्धान्त रहेको बताउँदै उनले यसको रक्षा,संरक्षण गर्नु आफूहरुको कर्तव्य रहेको बताए ।

भ्रष्टाचार र शक्तिको दुरुपयोग असाधारण रुपमा बताए उल्लेख्य गर्दै यो प्रवृती नियन्त्रण गर्न जनता अब जुर्मुराउनुपर्ने बताए ।

पार्टीको चुनावचिन्ह सार्वजनिक तथा झन्डा अनावरण कार्यक्रममा पार्टीका अन्य नेताहरु श्याम तिमिल्सिना,जनकराज, सगुन लावती पाठक,राजु लोहनी,नरेश राइ लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?