प्रदेश नं १ मा प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक शुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड(नेपाल समूहको प्रदेश सभा १ को संसदीय दलको बैठक बसेको छ ।

केहिबेर अघि शुरु भएको बैठकमा ३३ जना सांसदहरुको सहभागिता रहेको छ ।

प्रदेश नं १ को प्रदेश सभामा कुल ९३ सदस्यहरु रहेका छन् । जसमध्ये नेकपाको ६७ जना सांसदहरु रहेका छन् । जसमध्ये प्रचण्ड(नेपाल समूहको आजको बैठकमा ३३ जना सांसदहरु सहभागि रहेको स्रोतले जनाएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको उक्त समूहले आफूहरुसँग ४५ जना सांसदहरु रहेको दाबी गर्दै आएका छन् ।

मुख्यमन्त्री राईविरुद्धको अविस्वासको प्रस्तावमा ३७ जनाले हस्ताक्षर गरेका थिए । जसमध्ये ५ जनाले फिर्ता गरिसकेका छन् । त्यस्तै आज नै कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

त्यस्तै प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको दलको बैठक भने भोलिलाई बोलाइएको छ ।

प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन बुधवार (भोलि) बाट शुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?