निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र झन सुदृढ हुन्छ : मुख्यमन्त्री पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुलुक निर्वाचनमा गए संघीय लोकान्त्रिक गणतन्त्र सुदृढ हुने बताएका छन् ।

संसद विघटनपछि नयाँ जनादेशका लागि निर्वाचनमा जानु उत्तम विकल्प भएको दाबी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, “मुलुक चुनावमा गए संघिय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज हो ।”

नयाँ जनादेशले संघीय लोकतान्त्रिक गणतन्त्र झनै सुदृढ हुने मुख्यमन्त्री पोखरलेले बताएका छन् । “नयाँ जनादेशले त झनै सुदृढ हुन्छ नि। ” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?