भारतको ऐतिहासिक जित : ३२ वर्षपछि ब्रिस्बेन टेस्टमा हार्यो अष्ट्रेलिया

काठमाडौं । भारतले ब्रिस्बेन टेस्टमा अष्ट्रेलियालाई ३ विकेटले हराएर इतिहास रचेको छ । भारतले अष्ट्रेलियालाई आफ्नो सबैभन्दा ठूलो ३२८ रनको टार्गेट चेज गरेको छ ।

साथै चौथो टेस्ट जितेर २१ ले सीरीज हात पारेको छ ।

यो भन्दा पहिला भारतले २००३ को एडिलेड टेस्टमा २३३ रनको सबैभन्दा ठूलो टार्गेट चेज गरेको थियो । घरेलु टीम अष्ट्रेलिया ३२ वर्षपछि ब्रिस्बेनमा पहिलो पटक टेस्ट हारेको हो ।

१९८८ मा वेस्टइण्डिजले त्यहिँ अष्ट्रेलियालाई ९ विकेटले हराएको थियो । खेलमा ऋषभ पन्तले नट आउट ८५ रन बनाए भने रोहित शर्माले ७, शुभमन गिलले ९१, कप्तान अंजिक्य रहाणेले २४, चेतेश्वर पुजाराले ५६ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?