प्रदेश-२ लाई २ सय ५८ रनको लक्ष्य

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश-२ लाई २ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाउदै प्रदेश-२ लाई २ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

No description available.

लुम्बिनीका लागि सन्दीप रजालीले र सौरभ खनालले अर्धशतकीय इनिङ्स खेले । सन्दीपले ८३ रनको योगदान दिदा सौरभले ५६ रन बनाए ।

यस्तै बिक्रम भुसालले ३६ रन बनाए । सन्दीप सुनार ११ रनमा आउट हुँदा कप्तान कृष्ण कार्कीले १० रन जोडे ।

प्रदेश-२ का हरिशंकर साहले ३ विकेट लिए । त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?