कोरोनाको असर पुनरुत्थानका लागि साढे ६ खर्ब आवश्यक पर्ने आयोगको आंकलन

काठमाडौं । राष्ट्रिय योजना आयोगले कोभिड–१९ ले पुर्‍याएको क्षतिको पुनरुत्थान गर्न ६ खर्ब ६५ अर्ब लाग्ने आंकलन गरेको छ ।

आयोगले कोभिड–१९ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यस्तो आंकलन गरेको हो । आयोगले कोभिड-१९ पछिको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन रणनीति कार्यान्वयनका लागि सो रकम आवश्यक पर्ने आंकलन गरेको हो ।

आयोगले कोभिडले अर्थतन्त्रको पुर्‍याएको क्षतिको विश्लेषण गर्दै विभिन्न ५ वटा रणनीतिक योजना समेत तयार पारेको छ ।

आयोगले आयोगले संक्रमण नियन्त्रण तथा जोखिम, रोजगारी, आयोजनाको निरन्तरता, नयाँ प्रणाली विकास तथा अवलम्बन र आत्मनिर्भरता अभिवृद्धिलाई रणनीति योजना बनाएको हो ।

आयोगले कोभिडको प्रभावलाई न्यूनिकरण गर्न तल्काल २ खर्ब ४२ अर्ब रुपैयाँ स्रोतको व्यवस्थापन गर्नुपर्ने जनाएको छ ।

आयोगले प्रस्तुत गरेको प्रतिवेदनअनुसार कोभिडको प्रभाव न्यूनीकरण गर्ने मध्यकालीन रणनीतिक कार्यान्वयन गर्न २ खर्ब ८७ अर्ब २८ करोड (४३.२ प्रतिशत) रुपैयाँ स्रोतको व्यवस्थापन गर्नुपर्नेछ । त्यसैगरी, दीर्घकालिन प्रभाव नियन्त्रण गर्न १ खर्ब ३५ अर्ब ६६ करोड (२०.४) प्रतिशत खर्च लाग्ने देखिएको सो प्रतिवेदनले देखाएको छ ।

त्यस्तै, सो प्रतिवेदनअनुसार कोभिडको संक्रमण नियन्त्रण र राहतका लागि २ खर्ब ६९ अर्ब रूपैयाँ मध्यकालका लागि ३५ अर्ब २८ करोड र दीर्घकालका लागि १८ अर्ब २९ करोड रूपैयाँ आवश्यक पर्ने आँकलन गरेको छ ।

त्यस्तै, सो प्रतिवेदनका अनुसार रोजगारी सिर्जनातर्फ ९२ अर्ब ६२ करोड रूपैयाँ आवश्यक पर्ने जनाएको छ । जसमध्ये पनि १३ अर्ब तत्काल खर्च गर्नुपर्ने, ६० अर्ब ८६ करोड मध्यकाल र १८ अर्ब ७० करोड रूपैयाँ दीर्घकालिन रुपमा आवश्यक पर्नेछ ।

त्यस्तै, आत्मनिर्भरता अभिवृद्धितर्फ तत्काल ५ अर्ब, मध्यकालका लागि २३ अर्ब तथा दीर्घकालका लागि ४५ अर्ब रूपैयाँ आवश्यक पर्ने आयोगले आँकलन गरेको छ । त्यस्तै,आयोगले नयाँ प्रणाली विकास तथा अवलम्बनका लागि १ खर्ब १९ अर्ब रूपैयाँ आवश्यक पर्ने जनाएको छ । जसमा ४ अर्ब रूपैयाँ तत्काल, ८४ अर्ब ७० करोड मध्येकाल र ३० अर्ब ८६ करोड रूपैयाँ दीर्घकालका लागि आश्यक पर्ने जनाएको छ ।

आयोगले कोभिड नेपालमा शुरु भएदेखि गत असारसम्म अध्ययन गरेर सो प्रतिवेदन तयार गरेको थियो । यस अवधीमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत ९ लाख २० हजारले रोजगारी गुमाएका छन् भने विदेशमा रोजगारी साढे २ लाखभन्दा बढी बमकदमर रमेजगमरी गुमेर नेपाल फर्किएको सो प्रतिवेदनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?