दम्पती घरभित्रै मृत फेला, विषादीको बट्टा भेटिएपछि आत्महत्याको आशंका

लोकपथ
0
Shares

ललितपुर । ललितपुरमा एक दम्पती घरभित्रै मृत फेला परेका छन् । महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल सोमवार मृत भेटिएका महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख (एसएसपी) किरण बज्राचार्यले लोकपथलाई जानकारी दिइन् ।

एसएसपी बज्राचार्यका अनुसार ‘पोखरेल दम्पती र उनीहरुको बुवाआमा एउटै घरमा बस्ने गरेका थिए । तर ३-४ दिन अघि बुवाआमा छोरीको घर बालकोट गएका थिए । हिजो बिहान बुवाले सागरलाई सम्पर्क गर्नुभएछ । फोन नउठेपछि घरबेटीलाई सम्पर्क गर्नुभएछ । घरबेटीले झ्यालबाट हेर्दा दुवै जना भुइमा घोप्टो परेर लडिरहेका थिए । त्यसपछि घरबेटीले बुवाआमालाई खबर गर्नुभयो । अनि हामीलाई खबर भयो । हामी पुग्दा ढोका भित्रबाट बन्द थियो । ढोका खोलेर हेर्दा दुवै जना भुइमा घोप्टो परेर लडिरहेका थिए । कोठाभित्र विषादीको बट्टा थियो । उनीहरु पल्टिएकै ठाँउमा भमिट गरेका थिए । ‘

कोठाभित्र विषादीको बट्टा फेला परेका कारण आत्महत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।

शव पोष्टमार्टमको लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अहिले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?