ब्रिस्बेन टेस्टमा पन्तको अर्धशतक, ऐतिहासिक जित नजिक भारत

काठमाडौं । ब्रिस्बन टेस्टमा भारतीय क्रिकेटर ऋषभ पन्तले अर्धशतक प्रहार गरेका छन् ।

उनले ५१ रन बनाएर भारतीय पारी सम्हालीरहेका छन् । अहिले भारतका लागि मयंक अग्रवार ९ रन र ऋषभ पन्त ५१ रन बनाएर क्रिजमा रहेका छन् । भारतका लागि रोहित शर्माले ७, शुभमन गिलले ९१, कप्तान अंजिक्य रहाणेले २४, चेतेश्वर पुजाराले ५६ रन बनाए ।

भारत अहिले ४ विकेटको क्षतिमा २५९ को स्कोरमा रहेका छ ।

भारत ऐतिहासिक जित नजिक रहेको छ । भारतलाई जितका लागि अब मात्र ७० रनको आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?