संवैधानिक इजलासमा छलफलको माग राख्दै ‘निर्वाचन पक्षधर’ अधिवक्ता पुगे सर्वोच्च

काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा आज पनि निरन्तर बहस चलिरहेको छ ।

बहसका क्रममा अधिवक्ता पुन्यप्रसाद खतिवडाले संसद विघटनपछि निर्वाचनमा जानु नै उपयुक्त विकल्प भन्दै सर्वोच्चमा दायर गरेको रिटबारे संवैधानिक इजलासमा नै छलफल हुनुपर्ने माग गरेका छन् ।

अधिववक्ता खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै निर्वाचनमा जानु नै उपयुक्त विकल्प हुने भन्दै सर्वोच्चमा दायर गरेको रिटमाथि न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासले कारण देखाउ आदेश जारी गरिसकेको छ ।

आफूले दायर गरेको संसद विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासबाटै छिनोफानो हुनुपर्ने मागसहित पूरक निवेदन बोकेर इजलासमा पुगेका हुन् ।

त्यस्तै प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले भने उनलाई फिर्ता पठाइएदिएका छन् । प्रधानन्यायधीश राणाले संसद विघटनसम्बन्धी मुद्दा धेरै अघि बढिसकेको कारण उक्त मुद्दालाई एकै ठाउँमा राख्न नमान्दै फिर्ता पठाइदिएका हुन् ।

प्रतिनिधि सभा विघटनको तेस्रो दिन आज पनि सर्वोच्चको संवैधानिक इजलासमा बहस चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?