कर्णाली प्रदेशलाई २ सय ५ रनको लक्ष्य

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ४ रन बनायो ।
गण्डकीका लागि राहुल उपाध्यायले ५३ रन बनाए । अर्जुन कुमालले ४६ रन जोड्दा कप्तान विपिन खत्रीले ३२ रन जोडे ।

विशाल पौडेलले १५ रन जोडे भने दिनेश बुढामगर १० रनमा आउट भए ।

कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए । यस्तै अनुज चुनरा र दिवन पुनले समान २-२ विकेट लिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?