ब्रिस्बेन टेस्ट : पन्तले तोडे धोनीको रेकर्ड

काठमाडौं । अष्ट्रेलिया र भारतबीचको ४ टेस्ट सीरीजको अन्तिम म्याच ब्रिस्बेनमा भइरहेको छ । म्याचमा अष्ट्रेलियाले भारतलाई ३२८ रनको टार्गेट दिएको छ ।

यसको जवाफमा भारतीय टीमले ५ औँ दिन टी टाइमसम्म ३ विकेट गुमाएर १८३ रन बनाएको छ ।

अहिले भारतका लागि चेतेश्वर पुजारा र ऋषभ पन्त क्रिजमा रहेका छन् । यसैबीच ऋषभ पन्तले सबैभन्दा कम टेस्ट पारीमा एक हजार रन बनाउने भारतीय विकेट किपर बनेका छन् ।

यसमा उनले भारतीय टीमका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीको रेकर्ड तोडेका छन् ।

पन्तले २७ पारीमा यो उपलब्धि हासिल गरेका छन् । धोनीले ३२ पारीमा यो यपलब्धि हाँसिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?