ताण्डवका डाइरेक्टरले माफी मागे

काठमाडौं । वेब सीरीज ताण्डवलाई लिएर भारतमाहंगामा मच्चिएको थियो । यसैबीच ताण्डवका डाइरेक्टर अली अब्बास जफरले माफी मागेको खबर बाहिरिएको छ । उनले एक लेटर ट्वीट गरेका छन् ।

जसमा कसैको भावनालाई आहत पुर्याउन नभएको बताइएको छ । वेब सीरीजमा धार्मिक भावनालाई आहत गर्नु टीमको उद्देश्य नभएको बताइएको छ । साथै कसैको भावनामाथि ठेस लागेको भए क्षमाप्रार्थी रहेको बताइएको छ ।

ताण्डवले हिन्दू धर्मावलम्बीलाई आहत पुर्याएको भन्दै नेतादेखि जनताले सम्म सडकमा आन्दोलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?