२२ जेष्ठ २०८०, सोमवार

पर्यटक प्रवेश शुल्क उठाउन थालियो

२०७४,आश्विन,१७,मंगलवार ०७:३७

0
Shares

सल्लेरी, सोलुखुम्बु, १७ असोज ।खुम्बुपासाङ ल्हमु गाउँपालिकाले पर्यटक प्रवेश शुल्क उठाउन शुरु गरेको छ ।पदयात्री सूचना व्यवस्थापन प्रणाली(टिम्स) कार्ड निषेध गर्दै उक्त गाविसले गाउँपालिकाले अक्टोबर १ तारिखदेखि नै शुल्क उठाउन थालेको हो । मौसम प्रतिकूल भएपनि पनि अक्टोबर एक तारिखका दिन हेलिकप्टरमार्फत आएका १०१ बाह्य पर्यटकबाट दुई हजारका दरले पर्यटक प्रवेश शुल्क लिइएको गाउँपालिकाले जनाएको छ ।नेपाल पर्यटन बोर्ड र टानले ११ वर्षदेखि निरन्तर टिम्स कार्डबापत प्रतिपर्यटक रु दुई हजार शुल्क लिँदै करोडौँ पर्यटक प्रवेश शुल्क उठाएपनि खुम्बु क्षेत्रमा पर्यटन प्रवद्र्धनका कुनै पनि काम नगरेकाले गत असार २५ गते बसेको गाउँकार्यपालिकाको बैठकले टिम्स कार्ड निषेध गर्ने र आफैँले पर्यटक प्रवेश शुल्क उठाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा अक्टोबर १ तारिखकै दिन मन्जोमा रहेको टिम्स कार्ड चेकपोष्टसमेत हटाएको गाउँपालिकाले जनाएको छ ।यस कार्यबाट पर्यटक दोहोरो मारमा परेका छन् भन्दै पर्यटन व्यवसायी नाम्गेल शेर्पाले सो निर्णयले पर्यटकले विगतमा रु पाँच हजार ३९९ प्रवेश शुल्क बुझाउनुपर्नेमा अहिले रु सात हजार ३९९ बुझाउनुपर्छ ।टान र पर्यटन बोर्डलाई टिम्स कार्ड वितरणको जिम्मा दिएको अवस्थामा गाउँपालिकाको निर्णयले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीको टिप्पणी छ ।टानका महासचिव कर्ण लामाले गाउँपालिकाको यो अपरिपक्क निर्णयले गाउँपालिकालाई नै असर पर्ने हुँदा तत्काल निर्णय सच्चाउनुपर्नेमा जोड दिन्छन भने गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले भने संवैधानिक अधिकारको प्रयोग गर्दै आफूहरुले पर्यटक प्रवेश शुल्क निर्धारण गरेको बताउछन । 

प्रकाशित मिति: २०७४,आश्विन,१७,मंगलवार ०७:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१