काका र हजुरबुवाबाट सुस्त मनस्थितिकी किशोरी बलात्कृत, तीन महिनापछि बाहिरियो घटना

लोकपथ
0
Shares

काठमाडौं । बैतडीमा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । बैतडीको सिगास गाउँपालिकाकी १६ वर्षीया सुस्त मनस्थितिकी किशोरीमाथि बलात्कार भएको हो ।

काका र हजुरबुवा नाता पर्ने दुई जनाबाट किशोरी बलात्कारमा परेकी हुन् ।

‘पीडित किशोरी र उनका आफन्तले आएर घटनाको जानकारी गराउनुभयो । जाहेरीका आधारमा काका र हजुरबुवा नाता पर्ने दुई जनालाई पक्राउ गरे’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नारन प्रशाद अधिकारीले लोकपथलाई जनकारी दिए ।

३ महिनाअघि बलात्कारमा परेकी बालिका गर्भवती भएको थाहा भएपछि मात्र घटना बाहिर आएको हो । किशोरीको महिनावारी रोकिएपछि घरपरिवारले सोधपुछ गर्दा घटनाबारे थाहा भएको थियो । त्यसपछि परिवारले स्थानीय प्रहरीलाई खबर गरेका थिए । किशोरीको स्वास्थ्य परिक्षण गर्दा १२ हप्ताको गर्भ रहेको खुलेको छ ।

बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दुवै जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको डएसपी अधिकारीले जनकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?