बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजारभाउ

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य बृद्धि भएको छ ।

सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ६ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा ४ सयले बद्धि भइ सुन ९२ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको छ ।

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । सोमवार प्रतितोला चाँदी १२ सय ३० मा कारोबार भएकोमा आज १२ सय ४५ कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?