इब्राहिमोबिचको दुई गोलमा मिलान विजयी

लोकपथ
0
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको एसी मिलानले सहज हात पारेको छ । सोमवार राति भएको खेलमा मिलानले काग्लियारीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

Image

मिलानको जितमा ज्लाटन इब्राहिमोविचले दुई गोल गरे ।

खेलको सातौं मिनेटमा इब्राहिमोविचले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा इब्राहिमोबिचले दोस्रो गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।

खेलको ७४ औं मिनेटमा एलेक्सीसले दोहोरो पहेलो कार्डसहित रातो कार्ड प्राप्त गर्दा मिलान १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै मिलानले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । मिलानले १८ खेलमा ४३ अंक जोडेको छ ।

काग्लियारी १४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?