प्रिमियर लिग : आर्सनलको सहज जित

लोकपथ
0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित हात पारेको छ । सोमवार राति भएको खेलमा आर्सनलले न्युकासललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको ६० औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा औबामियाङले दोस्रो गोल गर्दै आर्सनललाई ३-० को सहज जित दिलाए ।

Bukayo Saka celebrates his goal at Emirates Stadium

जितसँगै आर्सनल लिगको दशौँ स्थानमा उक्लिएको छ । आर्सनलले १९ खेलमा २७ अंक जोडेको छ । न्युकासल १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?