खार्पुनाथका महिला स्वयंसेविकालाई तालिम

RSS
0
Shares

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाका लागि नौ दिने तालिम सम्पन्न गरेको छ । साक्षर महिला स्वास्थ्य स्वयंसेविका छनोट गरेपछि पहिलोपटक उनीहरुलाई तालिम सञ्चालन गरिएको हो ।

नयाँ छनोट भएका साक्षर महिला स्वयंसेविकाले बालबालिकालाई कसरी पोलियो खुवाउने, समाजमा देखिने स्वास्थ्य समस्याका विषयमा कसरी छिटोछरितो जानकारी गराउने, समुदायस्तरमा हुने विभिन्न स्वास्थ्यका लागि पोषण कार्यक्रम, खोप कार्यक्रम, संस्थागत सुत्केरी, परिवार नियोजन कार्यक्रम र राष्ट्रिय कार्यक्रममा भिटामिन, अलबेण्डा झोललगायतका कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि महिला स्वयंसेविकाले खेल्नुपर्ने भूमिकालगायतका विषयमा जानकारी गराइएको थियो ।

महिला स्वयंसेविकालाई गत पुस २३ गतेबाट शुरु भएर आइतबार तालिम सम्पन्न भएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए । तालिममा वडा १ देखि ५ सम्मका गरेर ३४ महिलाको सहभागिता रहेको संयोजक शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?