प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज मंगलवार पनि दुई खेलहरु हुँदैछन् । मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

कर्णालीविरुद्ध मैदान उत्रदा गण्डकी दोस्रो जितको खोजीमा हुनेछ भने गण्डकी जितको शुरुवात गर्न चाहान्छ । सोमबार भएको खेलमा गण्डकीले प्रदेश १ लाई २ विकेटले हराएको थियो भने पहिलो खेलमा गण्डकी आर्मीसँग पराजित भएको थियो ।

यस्तै आजै हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश र प्रदेश २ ले प्रतिस्पर्धा गर्नेछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा दुबै टिम जित निकाल्दै सुखद शुरुवात गर्ने योजनामा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?