सीईओले घूस लिएको खुलासा

लोकपथ
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणधीन मध्यभोटेकोसी जलविद्युत् कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितका प्राविधिक कर्मचारीले चिनियाँ ठेकेदार कम्पनीसँग घूस लिएको अडियो रेकर्ड प्रकरणमा छानबिन सुरु गरेको छ ।

केही कागजपत्रसमेत लगेको अख्तियारले घूस प्रकरणलाई भ्रष्टाचारजन्य विषय भन्दै छानबिन सुरु गरेको हो । ‘भोटेकोसीको अनियमिततामाथि प्रारम्भिक छानबिन सुरु भएको हो,’ अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले भने । संरचनाको गुणस्तर भने विशेषज्ञ टोलीले छानबिन गर्ने भएको छ ।
चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् कम्पनीका तत्कालीन सीईओ मणिकुमार काफ्ले, चिनियाँ ठेकेदार कम्पनी हाइड्रो इलेक्ट्रिक ग्वान्सिङ कन्ट्रक्सन ब्युरोका नेपाली प्रतिनिधि गोविन्द पौडेल र परामर्शदाता कम्पनी ट्रयाक्टेबल इन्जिनियरिङ जीएमबीएचका इन्जिनियर दिनेश भण्डारीले गरेको आर्थिक लेनदेनको कुराकानीको अडियो सार्वजनिक भएको थियो । आयोजनाको संरचनाको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला बाँध निर्माण भएको एक वर्ष नपुग्दै भत्केको घटनासमेत उजागर भएको थियो । स्रोतका अनुसार भोटेकोसीका विषयमा सञ्चारमाध्यममा आएका भ्रष्टारजन्य सन्दर्भलाई
समेत आधार बनाएर छानबिन गरिन लागेको हो । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?