कांग्रेसको केन्द्रीय कार्यसमिति माघ १३ गते बस्ने

RSS
0
Shares

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ । यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण माघ १३ गते दिउँसो १ बजे तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४औँ महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ । कांग्रेसले प्रतिनिधिसभा विघटन, कुशासन र भ्रष्टाचारविरुद्ध माघ ८ गते ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

कांग्रेसले संसद विघट्न गर्ने सरकरको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसविरुद्ध यसअघि सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र र पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?