देउवा र पौडेलबीच ‘वान टु वान’ वार्ता, के भयो कुराकानी ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच ‘वान टु वान’ वार्ता भएको छ ।

सभापति देउवा वरिष्ठ नेता पौडेललाई भेट्न बोहराटार पुगेका हुन्। सोमवार अपरान्ह देउवासँग पौडेलले करिब एक घण्टा संवाद गरेका हुन्। प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीमा फरक-फरक विचार आइरहेको समय देउवाले पौडेललाई भेटेका हुन्।

असोज १२ मा पौडेल पक्षले केन्द्रीय समितिमा पेस गरेको विरोध पत्रका विषयमा छलफल भएको पौडेलका्े सचिवालयले जनाएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीका नेताहरुबाट आइरहेका फरक फरक धारणाका विषयमा पनि छलफल भएको छ ।

गत बुधवार नेकपाका प्रचण्ड नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूसँग राखेको प्रस्तावबारे पनि देउवाले पौडेललाई जानकारी गराएका छन् । प्रचण्ड र नेपालले सडक संघर्ष, केन्द्रदेखि प्रदेशको सत्ता र निर्वाचनको समीकरणका सन्दर्भमा देउवा सामूह प्रस्ताव राखेका थिए ।

सभापति देउवा निर्वाचनको पक्षमा देखिएका छन् भने पौडेलले पहिले संविधान बचाउन जोड दिएका छन्। निर्वाचनको पक्षमा सभापति देखिएपछि संस्थापन पक्ष रुष्ट देखिएको छ।

सभापति देउवाले अदालतमा विचाराधीन मुद्दाको फैसला कुरिरहेका छन्। अर्कोतर्फ, संस्थापनइतरका नेताहरू संसद् पुनर्स्थापनाको मुद्दासहित सडकमा जानुपर्नेमा जोड दिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?